Logo
RANGASHALA NEWS
BREAKING NEWS
No breaking news available
Nepal Flag
Extra
Extra

‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ प्रतियोगितामा थापा प्रथम

December 04, 2025

नेपालगन्जमा सम्पन्न भएको पहिलो बाँके जिल्लास्तरीय ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ प्रतियोगितामा मास्टर क्याटेगरीतर्फ गगनसिंह थापाले प्रथम स्थान हासिल गर्नु भएको छ ।

सो क्याटेगरीमा दीपक मल्ल द्वितीय, जन्गु चोधरी तेस्रो र विशाल श्रेष्ठले चौथो स्थान प्राप्त गर्नुभयो । यसैगरी, इलाइट क्याटेगरीमा बिरेन्द्र धोबी प्रथम हुँदा अनस खान दोस्रो, अनमोल गुप्ता तेस्रो र रोहित चौहान चौथो हुनुभयो ।

जुनियर ए क्याटेगरीतर्फ अनिश चौधरी प्रथम, सुशङ्ग धरकटवा दोस्रो, अंशु गुप्ता तेस्रो तथा रणवीर थारू चौथो हुनुभयो । यसैगरी, जुनियर बी क्याटेगरीमा अभिजङ्ग थापा प्रथम, आदित्य मल्ल दोस्रो, राजन शाही तेस्रो र सौरभ सोन्कर चौथो हुनुभएको छ ।

जुनियर सी क्याटेगरीमा सुप्रभात केसी प्रथम, अर्जित बर्मा दोस्रो, कौस्तुब चलाउने तेस्रो तथा शाश्वत केसीले चौथो स्थान प्राप्त गर्नुभयो ।

साइकलिस्टहरूले देउसी भैलो खेलेर सङ्कलन गरेको रकमबाट सो प्रतियोगिता आयोजना गरिएको देउसीभैली समूहका संयोजक कविराम बुढाथोकीले बताउनुभयो ।

नेपालगन्जमा देशकै दोस्रो तथा ठुलो पम्प ट्रयाक निर्माण भएको करिब दुई वर्षपछि पहिलोपटक औपचारिक प्रतियोगिता सञ्चालन गरिएको कार्यक्रम संयोजक गगन थापाले बताउनुभयो ।

उहाँका अनुसार युवा तथा बालबालिकालाई खेलमा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगितामा चार वटा उमेरगत विधा तथा बाँकेका भेट्रान खेलाडीहरूका लागि एक अतिरिक्त विधा समावेश गरिएको थियो ।

प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी नेपालगन्ज बाइसाइकलले गरेको थियो भने प्राविधिक सहकार्य जिल्ला साइक्लिङ सङ्घ बाँकेले गरेको थियो ।

Back
WhatsApp