December 14, 2025
नेपालगन्ज–११ स्पोटिङ क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिता जितेको छ । सातदबाटोस्थित एन्फा कम्पलेक्समा आइतबार भएको फाइनल खेलमा सिन्धुपाल्चोक एफसीलाई २–० ले पराजित गर्दै छनोट प्रतियोगिताको उपाधि जितेको हो । यसअघि शुक्रबार सम्पन्न सेमिफाइनलमा मसुरिया फुटबल एकेडेमीलाई १–० ले हराउँदै नेपालगन्ज–११ स्पोटिङ क्लब सी डिभिजनको लागि छनोट भएको थियो । फाइनलमा पुगेका दुबै टिम नेपालगन्ज–११ स्पोटिङ क्लब र सिन्धुपाल्चोक एफसी यस वर्ष सी डिभिजन फुटबलमा प्रवेश गरेका छन् । गत शुक्रबारै सिन्धुपाल्चोकले शिवशक्ति युवा क्लबलाई ४–२ ले हराउँदै सी डिभिजनमा उक्लिएको थियो । फाइनलको उपाधि जितेपछि नेपालगन्ज–११ स्पोटिङ क्लबका अध्यक्ष घनश्याम थापाले यो उपलब्धी हासिल गर्न मिहिनेत गर्ने सम्पुर्ण खेलाडी, अफिसियललाई धन्यवाद दिए । नेपालगन्ज–११ प्रशिक्षक जनक केसीले अब क्लबले सी डिभिजनमा उत्कृष्ट प्रदर्शन गर्ने तयारी सहित गृह जिल्ला फर्कने बताउनु भयो ।
Back to news