Logo
RANGASHALA NEWS
BREAKING NEWS
No breaking news available
Nepal Flag

खजुरा गोल्ड कपको तयारी तिव्र

March 30, 2026

नेपालगन्ज, चैत १६ खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा विदेशी टिम सहितको सहभागितामा गोल्ड कप फुटबल प्रतियोगता सञ्चालन हुने भएको छ । न्यू डाँफे स्पोर्टस् क्लवको आयोजना र खजुरा गाँउपालिकाको संरक्षकत्वमा प्रथम खजुरा गोल्ड कप सञ्चालन हुने भएको हो । चैत्र ३० गतेबाट सञ्चालन हुने गोल्ड कपको तयारी तिब्र पारिएको आयोजक न्यू डाँफे स्पोर्टस् क्लवले जनाएको छ । गोल्ड कपको तयारी सम्बन्धमा आज सोमबार पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । खजुरा गोल्ड कपमा २ वटा विदेशी टिम सहित ८ वटा टिमले सहभागिता जनाउने निश्चित भएको क्लवका अध्यक्ष बालाराम खत्रीले बताए । उनका अनुसार गोल्ड कपमा संकटा क्लव काठमाडौं, एपीएफ क्लव, चर्च ब्वाईज क्लव काठमाडौं, नाइजेरियन जोन क्लव, नाइजेरिया, लखनउ साहारा क्लव भारत, गोरखा ब्वाईज स्पोर्टस् क्लव, बुटवल, कांक्रेबिहार क्लव सुर्खेत र आयोजक न्यु डाँफे स्पोर्टस् क्लव खजुराको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुनेले ७ लाख, ट्रफि, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले ४ लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष खत्रीले बताए । सर्वोकृष्ट खेलाडी र बिधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । क्लवका अध्यक्ष खत्रीले गोल्ड कप सम्पन्न गर्न ७३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको बताए । खजुरा गाँउपालिकाबाट १७ लाख, अमेरिका बस्दै आएका खजुरा डी गाँउका स्थानीय समाजसेवी लिलबहादुर थापाबाट प्रथम पुरस्कार बापतको ७ लाख, चित्लाङ एफ सीका संचालक अंकित थापाबाट ७ लाख श्रोत सुनिश्चित भएको र बाँकी आयोजकको आन्तरिक श्रोतबाट जुटाइने गरि तयारी गरिएको अध्यक्ष खत्रीले बताए । गोल्डकपमा ५० हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । पत्रकार सम्मेलनमा बाल्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विक तुफानले खेलकुदको माध्यमबाट खजुरालाई देश विदेशमा चिनाउन योगदान पुग्ने बताए । खेल पर्यटनलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले खजुरा आउने देश विदेशका खेलाडीहरुले बर्दियाको ठाकुरद्धारा, बाँके निकुञ्ज जस्ता पर्यटकीय स्थलमा घुमाउने प्रबन्ध मिलाइने जानकारी दिए । खेलकुद विकास परिषदका सदस्य सचिव छवि विष्टले फुटबल प्रेमिहरुको सपना खजुरामा गोल्डकप गर्ने भन्नने हो उक्त सपना छिटै पुरा हुनेमा विश्वस्त रहन आग्रह गरे । खजुरा गाउँपालिका शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले युवालाई कुलतमा जान नदिन खेलकुदको प्रमुख भुमिका रहनेहुदाँ गोल्डकपले फुटबल खेलको विकास सगै युवामा खेलप्रति अभिरुचि जगाउने उल्लेख गरे । प्रतियोगिता खजुरा स्थित मिनी रङ्गशाला डि गाउँ स्थीत फुटबल ग्राउण्डमा सञ्चालन हुने छ ।

Back to news
WhatsApp